चलचित्र पत्रकार संघ नेपाल,कास्कीको अध्यक्षमा सन्तोष बस्याल
पाेखरा | पुस १३, २०८२
पोखराः चलचित्र पत्रकार संघ नेपाल, कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरामा शनिबार सम्पन्न भएको छैटौं जिल्ला अधिवेशन तथा सातौ साधारण सभाबाट बस्यालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ सर्वसम्मत भए ।
यस्तै सदस्यहरुमा प्रेम थापा, राकेश गुरुङ, विनिता सुनार, सुरज थापामगर, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भए । यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा आशिष पुरी र मिलन थापा सर्वसम्मत चयन भए ।
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

